You are viewing the translated version of आर्थिक सहयोग तथा तालीम सम्बन्धी.

Rule 11
आर्थिक सहयोग तथा तालीम सम्बन्धी
(१) नेपाल सरकारले ऐनको दफा १६ को
उपदफा (१) बमोजिम पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिको लागि प्रचलित कानूनमा उल्लिखित सामाजिक सुरक्षाको अतिरिक्त नेपाल सरकारले समय समयमा तोके बमोजिमको रकम आर्थिक सहयोग वा सामाजिक सुरक्षा वापत उपलब्ध गराउनेछ ।
(२) सङ्घ, प्रदेश र स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिको दैनिक हेरचाहमा संलग्न परिवारका सदस्य वा संरक्षकलाई हेरचाह सम्बन्धी तालीम र बहिरा व्यक्तिका परिवारका सदस्यलाई साङ्केतिक भाषा तालीम निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको आर्थिक सहयोग वा सामाजिक सुरक्षा तथा तालीम सम्बन्धित स्थानीय तहले अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ ।